थप ४ हजार ४७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

थप ४ हजार ४७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि



काठमाडौं । आज थप ४ हजार ४७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङ्मा डा. जागेशवर गौतमले जानकारी दिएका हुन् ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ। मन्त्रालयका अनुसार आज १ हजार ४ सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७७ हजार २सय ७७ पुगेको छ।

प्रकाशित : २६ आश्विन २०७७, सोमबार १६:३८