फेरि देशभर लकडाउन हुने ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विविध

फेरि देशभर लकडाउन हुने !



काठमाडौं । कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहँदा लकडाउन हुन्छ कि भन्ने विषयले चर्चा पाइरहेको छ ।

सरकारले दशैंको मुखमा व्यापारीलाई व्यापार गर्न दिएको र दशैँको मुखमा लकडाउन गर्छ भन्नेजस्ता टिकाटिप्पणी आममानिस सुन्न थालिएको छ ।

काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमितको संख्या बढिरहेको छ । काठमाडौं उपत्यकामा कोरोना नियन्त्रणमा सकस भइरहेको छ । यस अवस्थामा फेरि लकडाउन हुने चर्चा आममानिसबीच हुने गरेको छ ।

लकडाउन हुन्छ वा हुँदैन यसबारे पनि सरकार मौन बसेको छ । भक्तपुर नगरपालिकाले निषेधाज्ञा लगाउन आग्रह गरेको समाचार आएसँगै अब काठमाडौं उपत्यकासहित मुलुकभर लकडाउन हुने अड्कलबाजी हुन थालेका छन् ।

तर, सरकार भने अहिले नै लकडाउन गर्न मनस्थितिमा पुगेको छैन । वैकल्पिक उपाय अपनाएर कोरोना नियन्त्रण गर्ने विषयमा विज्ञहरुसँग छलफल गरिरहेको छ ।

स्थानीय प्रशासन, सीसीएमसी, गृहमन्त्रालय तथा मन्त्रिपरिषद्ले अहिलेसम्म लकडाउन लगाउनेबारे कुनै निर्णय गरेका छैनन् । सरकारले लकडाउन लगाउन योजना पनि बनाएको छैन ।

पछिल्लो समय काठमाडौं उपत्यकामा थपिएको कोरोना संक्रमण नियन्त्रणको जोखिम अन्त्य गर्ने विषयमा पनि सरकार छलफलमै रहेको छ । यद्यपि लकडाउनलाई विकल्पको रुपमा पनि लिएको छैन ।

कात्तिक १ गतदेनि सेवाग्राहीहरूको भीड लाग्ने सरकारी कार्यालय बन्द गर्न विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् । सार्वजनिक यातायात सुचारु, बजार पसल सञ्चालनलगायत सबै क्षेत्रलाई खुकुलो बनाएसँगै मुलुकभरको कूल संक्रमितमध्ये ६० प्रतिशत काठमाडौं उपत्यकामै भेटिएका छन् ।अर्थतन्त्रबाटसाभार

प्रकाशित : २६ आश्विन २०७७, सोमबार २०:४६