सहकारीमा कोरोनाको आतंक, सदस्यलाई दिने सेवा प्रभावित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहकारीमा कोरोनाको आतंक, सदस्यलाई दिने सेवा प्रभावित



काठमाडौं । कोरोना भाइरसको संक्रमणको कारण राजधानी काठमाडौंमा रहेको सहकारीहरुमा आतंक नै मच्चिएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि कार्यालयहरु बन्द गरिएका छन् ।

राजधानी काठमाडौंमा कोरोना भाइरसको संत्रमण बढ्दै जाँदा सहकारीहरु प्रभावित भएका हुन। कोरोना संक्रमणकै कारण पनि धेरै सहकारी कार्यालय बन्द भएका छन् । तर हाल सम्म पनि सहकारीको नियामक निकाय सहकारी विभागसंग भने कति सहकारीहरु कोरोना भाइरसको संक्रमणमा परेका छन् भन्ने तथ्यांक भने छैन ।

दशैंमा सहकारीका कार्यालयहरुमा सर्वसाधारणको चाप बढ्दै गइरहेको छ भने कोरोनाको कारण सहकारीहरुले सेवा नै बन्द गर्नु परेको छ ।

सहकारीका सञ्चालकका अनुसार अहिले सहकारी क्षेत्रमा बिस्तारै समस्या देखिन थालेको छ ।

उनिहरुका अनुसार अहिले सहकारी क्षेत्रमा समयमा ब्याज नउठने, बचत कम हुने जस्ता समस्या देखिएको छ।

प्रकाशित : २७ आश्विन २०७७, मंगलवार २२:०९