प्रभु लाइफले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने, कति पायो रेटिङ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

प्रभु लाइफले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने, कति पायो रेटिङ ?



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ । आइपिओ जारी गर्न कम्पनिले रेटिङ समेत गराएको छ । केयर रेटिङ नेपालले कम्पनीको यस आइपीओलाई मध्यम अवस्था जनाउने केयर एनपी बीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले आइपीओका निष्काशनको लागि बोर्डमा आवेदन दिईसकेको छ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाएपछि आइपीओ खुला प्रक्रिया सुरु हुने कम्पनीले जनाइएको छ ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रकाशित : २८ आश्विन २०७७, बुधबार १४:४९