
धितोपत्र सूचीकरण विनियमावली २०७३ को मस्यौदामा नेप्सेले यस्तो प्रस्ताव गरेको हो । धितोपत्र सूचीकरण विनियमावली २०५३ लाई विस्थापित गर्न नयाँ विनियमावलीको मस्यौदा तयार पारी नियामक नेपाल धितोपत्र बोर्डमा वैशाख ३० मा पेस गरिएको नेप्सेले जानकारी दिएको छ । नेप्सेले तयार पारेको मस्यौदा धितोपत्र बोर्डबाट स्वीकृत भएपछिमात्र कार्यान्वयनमा आउन सक्छ । मस्यौदामा सर्वसाधारणको रायसमेत माग गरिएको छ ।
Comment