नवनियुक्त मन्त्रीले लिए गोपनीयताको शपथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

नवनियुक्त मन्त्रीले लिए गोपनीयताको शपथ



काठमाडाै । नवनियुक्त तीन मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री विष्णु पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठलाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले बुधबार मन्त्रीमा नियुक्त गरेकी थिइन् ।

प्रधानमन्त्रीले तीन नयाँ मन्त्री नियुक्त गरेका थिए भने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जिम्मेवारी हेरफेर गरेका थिए ।

प्रकाशित : २९ आश्विन २०७७, बिहीबार १३:३०