प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असोज २९ गते बिहीबार काठमाडौंको नक्साल स्थित म्यारियट होटलमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेले प्रस्तुत गरेका वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै, सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।

२०६४ सालमा दर्ता भएको यस कम्पनीले २०७४ मंसिर २८ गतेदेखि बीमा व्यवसाय कारोबार संचालन गर्दै आएको छ । कम्पनीको संचालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरे लगायत संचालक सदस्यहरुमा सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेश बहादुर मल्ल तथा प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय वाणिज्य बैंकको ५६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६ औं वार्षिकोत्सबको अवसरमा बैंकको केन्द्रीय कार्यालय

सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब करदाता सेवा कार्यालय, खैरहनी, चितवनमा

काठमाडाै । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले

ज्योति विकास बैंकमा अध्यक्ष खडकाको बदमासी, राष्ट्र बैंकको मौनता

काठमाडौं। ज्योति विकास बैंकका अध्यक्ष र एक सन्चालकको नाममा दर्ता भएको एक इन्जिनिएरिङ

एक करोड ११ लाख १२ हजार ८९० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । बैंक अफ काठमाण्डूको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको