शुक्रपथ बहुउद्देश्यीय सहकारीको अध्यक्षमा नरेन्द्र बिष्ट चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

शुक्रपथ बहुउद्देश्यीय सहकारीको अध्यक्षमा नरेन्द्र बिष्ट चयन



काठमाडौं । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा नरेन्द्र बिष्ट चयन भएका छन् । आज सम्पन्न संस्थाको १० औं वार्षिक साधारणसभाले ४ वर्षको लागि अध्यक्षमा विष्टलाई चयन गरेको हो । विष्ट यसअघि सचिव थिए ।

एक हप्ताअघि देखि सुरु भएको साधारणसभा आज निर्विरोध नयाँ सञ्चालक समिति चयन गर्दै सम्पन्न भएको छ ।

नव निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा आनन्दकुमार राउत, सचिवमा जीवनराज ओझा र कोषाध्यक्षमा दीपेन्द्रकुमार श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा महेश खड्का केसी, निरहरी प्रसाद उपाध्याय र अर्जुन विश्वकर्मा रहेका छन् ।

त्यसैगरी लक्ष्मण शर्माको संयोजकत्वमा लेखा समिति चयन भएको छ । त्यस्तै सदस्यहरुमा पम्फा कार्की र देवप्रसार घिमिरे निर्वाचित हुनुभएको छ ।

निर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारीले आजै पदभार ग्रहण गरेका छन् ।

प्रकाशित : १ कार्तिक २०७७, शनिबार १६:२७