२४ घण्टामा ३ हजार १६७ जनामा कोरोना को संक्रमण पुष्टि ,१ हजार ७४६ काठमाडौं उपत्यकामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

२४ घण्टामा ३ हजार १६७ जनामा कोरोना को संक्रमण पुष्टि ,१ हजार ७४६ काठमाडौं उपत्यकामा



काठमाडाै । पछिल्लो २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये १ हजार ७४६ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १४५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ, जसमध्ये ७२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

८९ हजार ८४० संक्रमितमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८०० जना संक्रमणमुक्त भएका हुन् । देशभरमा ३८ हजार ७३७ संक्रिय संक्रमित छन् ।

प्रकाशित : १ कार्तिक २०७७, शनिबार १६:३७