नेडाकको उपाध्यक्षमा केबी उप्रेती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेडाकको उपाध्यक्षमा केबी उप्रेती



काठमाडाै । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (नेडाक)मा दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएको छ ।

नेडाकको आज भएको साधारणसभाबाट उप्रेती पुनः उपाध्यक्षमा चयन हुनु भएको हो । नेडाकको सन् १९६३ मा स्थापना भै भारतमा सहकारी क्षेत्रको लागि विशेष रुपमा संचालित छ । एसियन राष्ट्रका १६ संस्थाको संजालबाट शुरु भएको नेडाकमा हाल २४ सदस्य संस्थाहरु यसमा आबद्ध रहेको छन् ।

प्रकाशित : १ कार्तिक २०७७, शनिबार २१:४६