नबिल बैंकका सिइओ शाहलाई कोरोना संक्रमण पुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंकका सिइओ शाहलाई कोरोना संक्रमण पुष्टि



काठमाडाै । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहमा कोरोना संक्रमण पुष्टि भएको छ । शाहले आफुलाई सुरुवाती चरणमा गन्ध थाहा पाउन छाडपछि पीसीआर परीक्षण गराएका थिए ।

पहिलो पटक रिपार्ट नेगेटिभ आए पनि आइसोलेसनमा बसेर फेरि परिक्षण गराउँदा रिपार्ट पोजेटिभ आएको थियो । गन्ध थाहा नपाउने बाहेकका अन्य कुनै पनि स्वास्थ्य समस्या नरहेको बताएका शाहले घरमा आइसोलेसनमा बसिरहेको उनले आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन् ।

प्रकाशित : २ कार्तिक २०७७, आईतवार १०:३४