उपत्यकाका तीनवटै जिल्लामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उपत्यकाका तीनवटै जिल्लामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द



काठमाडाै । उपत्यकाका तीनवटै जिल्लामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेको र कार्यालयकै कर्मचारीमा पनि कोरोना सङ्क्रमण पुष्टि हुन थालेपछि तीनवटै कार्यालयले अर्को सूचना प्रकाशन नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका हुन् ।

जिप्रका काठमाण्डौंले असोज २८ गतेदेखि नै अत्यावश्यक बाहेकको सेवा बन्द गरेकोमा जिप्रका ललितपुर र भक्तपुरले पनि कार्तिक २ गते आइतबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने सूचना जारी गरेका छन् ।

प्रकाशित : २ कार्तिक २०७७, आईतवार १०:४८