मृतकको परिवारले पाए बीमा बापतको १४ लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

मृतकको परिवारले पाए बीमा बापतको १४ लाख



काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी तनहुँ शाखाले मृत्यु बीमा दाबी भुक्तानीबापत रु १४ लाख प्रदान गरेको छ । कम्पनीले व्यास नगरपालिका–१ का मृतक बीमित कृष्ण पन्थको परिवारलाई घरमै पुगी दाबी रकम हस्तान्तरण गरेको हो ।

वैदेशिक रोजगार (म्यादी) बीमाअन्तर्गत रकम राष्ट्रियसभाका सदस्य प्रकाश पन्थ, कम्पनीका गण्डकी प्रदेश प्रमुख टिएन आचार्य तथा व्यास –१ का वडाध्यक्ष खरसिं दरैले पीडित परिवारलाई शनिबार हस्तान्तरण गरेका थिए । गत वैशाखमा वैदेशिक रोजगारका क्रममा बीमित पन्थको कतारमा निधन भएको थियो ।

चेक रकम हस्तान्तरण गर्दै सांसद पन्थले बीमा गर्दा सजिलो भए जस्तै दावी भुक्तानी गर्दा पनि विनाझण्झट रकम बीमितले पाउनुपर्नेमा जोड दिएका थिए ।

वडाध्यक्ष दरैले बीमितको निधनपछि परिवारमा हुने अर्थाभाव कम गर्न पनि जीवन बीमा आवश्यक रहेको बताए । कम्पनीका गण्डकी प्रदेश प्रमुख आचार्यले जीवन बीमा अहिलेको पस्थितिमा अपरिहार्य भएको बताउँदै कम्पनीले आफ्नो स्थापनाको छोटो समयमा नै नेपाली समुदायको मन जित्दै व्यावसायिक सफलता प्राप्त गरेको जानकारी गराएका थिए ।

बीमित पन्थको मृत्यु दावी भुक्तानीअन्तर्गत शव ल्याउँदा रु एक लाख, किरिया खर्चबापत रु एक लाख, आय नोक्सानीबापत रु दुई लाख र बीमाङ्क रु दश लाख गरी कूल रु १४ लाख बराबरको चेक मृतकका बुबा भोलानाथ र श्रीमती निर्मलालाई हस्तान्तरण गरिएको कम्पनीका दमौली शाखा प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : २ कार्तिक २०७७, आईतवार ११:४१