अब कोरोनाका बिरामी होम आइसोलेसनमा मृत्यु भएमा परिवारले नै अन्तिम संस्कार गर्नुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अब कोरोनाका बिरामी होम आइसोलेसनमा मृत्यु भएमा परिवारले नै अन्तिम संस्कार गर्नुपर्ने



काठमाडौं । सरकारले कोरोना संक्रमणका कारण होम आइसोलेसनमा मृत्यु भएमा परिवारले नै अन्तिम संस्कार गर्नुपर्ने गरि शव व्यवस्थापन सम्बन्धी कार्यविधि तयार गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शव व्यवस्थापन सम्बन्धि कार्यविधि संशोधन गर्दै सो मापदण्ड बनाएको हो।

उक्त कार्यविधिअनुसार संक्रमितको होम आइसोलेसनमा मृत्यु भएमा आफन्तले स्थानीय प्रतिनिधिलाई वा प्रहरीलाई खबर गरी परिवारका सदस्यहरुले अन्तिम संस्कारमा सजगता अपनाई अन्त्येष्टि गर्नुपर्ने उल्लेख छ ।

व्यक्तिगत सुरक्षाका सामग्री जस्तै– पञ्जा, मास्क, पूरा बाहुला भएको गाउन प्रयोग गरी शवलाई सुरक्षित रुपमा बाँधेर बडी ब्यागमा आफन्तले नै राख्नुपर्नेछ।

यस्तो कार्यमा बच्चा र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलगायत जोखिम समूहमा पर्ने व्यक्तिलाई समावेश गराउन नहुने कार्यविधिमा उल्लेख छ । हालसम्म कोरोना संक्रमितको मृत्यु भएमा सरकारले नै शव व्यवस्थापन गर्दै आएको थियो ।

प्रकाशित : २ कार्तिक २०७७, आईतवार १८:५३