ज्योति लाइफ इन्स्योरेन्सले आइपिओ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

ज्योति लाइफ इन्स्योरेन्सले आइपिओ जारी गर्ने



काठमाडाै । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर जारी गर्ने तयारी गरिरहेको छ। कम्प्नीले कात्तिक २६ गतेका लागि तय गरेको तेस्रो वार्षिक साधारणसभामा पुँजी वृद्धिका लागि उक्त प्रस्ताव पेश गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभा काठमाडौंको ज्ञानेश्वरस्थित आफ्नै कार्यालयमा गर्न लागेको हो। सभाले संचालक समितिको प्रतिवेदन, वित्तीय विवरण पारित गर्ने र लेखापरिक्षकको नियुक्तिको निर्णय तथा पारिश्रमिक तोक्ने छ। साथै, विशेष प्रस्तावमा धितोपत्र दर्ता गरी आइपीओ निष्कासन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने अख्तियारी संचालक समितिलिई दिने लगायतका प्रस्ताव सभा पेश हुने छन्।

प्रकाशित : ३ कार्तिक २०७७, सोमबार १२:०६