इसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजना सार्वजनिक



काठमाडौ । नेपालीहरूको महान चाड दशैँ,तिहार र छठलाई लक्षित गर्दै नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजना सार्बजनिक गरेको छ ।

यस उपहार योजना अन्र्तगत बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले टिभिएस अपाची आरटिआर मोटरसाइकल जित्न सक्नेछन् भने एक हजार भन्दा बढिले विभिन्न किसिमका आकर्षक उपहार कुपन प्राप्त गर्नेछन् ।

यो योजना आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ । यो अवधिमा इसेवा मार्फत भुक्तानी गर्ने हरेक व्यक्तिमध्येबाट गोलाप्रथा गरि बिजेता घोषणा गरिनेछ । विजेताहरू हरेक हप्ता सार्बजनिक गरिनेछ भने योजनाको अन्तिममा एक जना भाग्शाली विजेता छानिनेछ ।


यस उपहार योजनामा इसेवाले एमएसआ, मिनिसो, केकेफसी, टिएफटी, दराज, बेननेभिज, एसिडिसी,भोज, भिजन तथा ग्यापु जस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको छ ।


इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस
करण चौधरीद्वारा नाडाको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा

काठमाडाैै । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स

ग्लोबल आईएमई क्यापिटल सन्ध्याकालीन काउन्टर शुरु

काठमाडाैँ ।ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आजबाट सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याउने भएको छ। क्यापिटलले

आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ७ लाख कित्ता बढी शेयर सुचिकृत भएको

वर्गिकरणको लागि आवश्यक विवरण बुझाउन सूचीकृत कम्पनीलाई नेप्सेको ताकेता

काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित कम्पनीहरुलाई वर्गिकरणका लागि आवश्यक

प्रकाशित मिति २०७८ असार १ देखि