कटारी नगरपालिकाका नगर प्रमुख श्रेष्ठलाई कोरोना संक्रमण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

कटारी नगरपालिकाका नगर प्रमुख श्रेष्ठलाई कोरोना संक्रमण



उदयपुर। उदयपुरको कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत सहित ४ जनालाई कोरोना संक्रमणको पुष्टि भएको हो ।

नगर उपप्रमुख भीम कुमारी राउतका अनुसार मेयर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत गणेश अर्याल, ईलाका प्रशासन कार्यलय कटारीका प्रमुख चन्द्र सिवकोटी, कटारी नगर शिक्षा शाखाका स्रोत ब्यक्ति सहित ४ जनाको कोरोना पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

साथै, आजदेखि कात्तिक १५ गतेसम्म नगरपालिकाको कार्यालय बन्द हुने पनि जनाइएको छ । अत्यावश्यक सेवा ९दमकल, फोहोरमैलाको गाडी, स्वास्थ्य सेवा र नगर प्रहरी० बाहेक दैनिक सञ्चालन हुने सेवाहरु बन्द हुने नगरपालिकाले जनाएको छ ।

प्रकाशित : ४ कार्तिक २०७७, मंगलवार १२:०३