रिचार्जरमा दशैं बोनान्जा, अफर भित्र अफरमा छुटै छुट



मोबाइल एप रिचार्जरले बडादशैंलाई लक्षित गर्दै दशैं बोनान्जा, अफर भित्र अफर सुरु गरेको छ । आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै रिचार्जरले छुटै छुटको अफर सहित बोनान्जा सुरु गरेको हो ।
दशैंको किनमेल गर्नेहरुलाई सस्तो मूल्यमा सामान उपलब्ध गराउन रिचार्जरले कात्तिक १ गतेदेखि अफर सुरु गरेको हो ।

अफर अन्तरगत रिचार्जरबाट विद्युतीय सामान अर्डर गर्दा ३० प्रतिशतसम्मको छुट पाउने छन् । त्यसै गरी विभिन्न किसिमका मोबाइलको खरिदमा आकर्षक छुटसँगै किस्ताबन्दीको व्यवस्था गरिएको छ ।


रिचार्जरबाट १२ बोत्तल वियर अर्डर गर्दा १ बोत्तल वियर निशुल्क उपलब्ध गराउने जनाएको रिचार्जरले लत्ता कपडाका साथै दैनिक उपभोग्य समान पनि भारी छुटमा उपलब्ध गराउने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए ।


काठमाण्डौं भ्याल्ली कोल्डस्टोरसँगको सहकार्यमा रिचार्जरले सुपथ मूल्यमा फ्रोजन फूड पनि उपलब्ध गराउने छ । कतिपय सामाग्रीको खरिदमा ‘बाइ वान गेट वान फ्रि’ को अफर समेत सञ्चालन हुने बताइएको छ । यो अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा सामाग्री किन्न सकिने छ । अफरमा अर्डर गरिएका सामग्री उपत्यकामा २४ घण्टा भित्र डेलिभरी हुने रिचार्जरले जनाएको छ ।
रिचार्जरले ८ घण्टासम्म हात निर्मुलीकरण गराउने स्यानीटाइरको बुकिङ समेत सुरु गरेको छ । उक्त स्यानिटाइजर एक पटक प्रयोग गरे पछि ८ घण्टासम्म हात किटाणूमुक्त हुने भएकाले पटक पटक स्यानिटाइजर प्रयोग गर्नु नपर्ने बताइएको छ ।


रिचार्जरले किटाणु नाश गर्ने बायोटेक मास्क बिक्री बितरण गरिरहेको छ । उक्त मास्कमा प्रयोग भएको डिस्इन्फेक्सन रसायनले मास्कमा नै संक्रमण फैलाउन सक्ने सम्भावित किटाणुको नास गर्नेछ ।


यसका साथै कोरोना संक्रमण नियन्त्रणका लािग रिचार्जरले सुपथ मूल्यमा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, प्रोटेक्सन किट्स लगायत उपलब्ध गराउँदै आएको छ । यसका साथै बीमा, बिजुली, इन्टरनेट, टिभीलगायत सेवाको महसुल भुक्तानी गर्दा रिचार्जरले २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ ।


गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा पनि क्यास प्वाइन्ट पाइन्छ । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
मोबाइलबाटै एनआईसी एसिया बैंकमा मुद्दती खाता खोल्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब मोबाइल बैंकिङ्गमार्फत आफै मुद्दती खाता खोल्न

हिलटप जुनार बहुउद्देश्यीय सहकारीमा जागिर खुल्यो

काठमाडौँ । हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान

चन्द्रागिरी हिल्सको आइपिओ खुल्यो

काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित स्थानियहरूका लागि आज (मंसिर १७ गते

कोभिडले पारेको असर न्युनीकरण गर्न निजी क्षेत्रको सहकार्य आवश्यकः अर्थमन्त्री

काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोराना भाइरस(कोभिड १९)ले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्न  निजी