नबिल ब्यालेन्स फण्ड-२ र नबिल इक्विटी फण्डको लाभांश तपाईको खातामा आयो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

नबिल ब्यालेन्स फण्ड-२ र नबिल इक्विटी फण्डको लाभांश तपाईको खातामा आयो ?



काठमाडौँ । नविल इन्भेष्टमेण्ट बैंकिङ्ग योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्विटी फन्डले आफ्ना इकाईधनीहरुको बैंक खातामा पठाउन थालेका छन् ।

दुवै फण्डले नगद लाभांश वितरण गर्नको लागि भाद्र २५ गते एक दिनका लागि बुक क्लोज गरेका थिए । त्यसैले भाद्र २४ गते, बुधबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका र आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरिएकाे हाे ।

आर्थिक वर्ष २०७६/०७७ का लागि नबिल ब्यालेन्स फण्ड-२ का इकाईधनीहरूलाई कर सहित ९ प्रतिशतका दरले हुन आउने १० कराेड ८ लाख रूपैयाँ बराबरकाे प्रतिफल र नबिल इक्विटी फन्डका इकाईधनीहरूलाई कर सहित ६ प्रतिशतका दरले हुन आउने ७ कराेड ५० लाख रूपैयाँ बराबरकाे लाभांश वितरण गर्ने घाेषणा गरिएकाे थियाे ।

त्यसैगरी, फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ । यसका साथै, आफ्नो इकाई धिताे राखेका इकाईधनीहरुले प्रतिफल प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाकाे स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

फण्डकाे योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रकाशित : ५ कार्तिक २०७७, बुधबार ०८:४४