पैसा छ ? हाल सम्मकै ठूलो आइपिओ आउदै छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

पैसा छ ? हाल सम्मकै ठूलो आइपिओ आउदै छ



काठमाडाै । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे कार्तिक २ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा मंसिर ३ गते, बुधबार, बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरु हुनेछ ।

सभामा बैंकले निष्कासन गर्न लागेकाे साधारण शेयर (आइपिओ) काे छिनाेफानाे गरिनेछ । बैंकले यसअघिकाे साधारण सभामा पनि आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेकाे थियाे । तर शेयर निष्कासन कार्यले मुर्त रूप नपाइसकेकाे हुनाले फेरि पारित गर्न लागिएकाे बैंकले जनाएकाे छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेकाे हाे ।

सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, बैंककाे २०७७ असार मसान्तकाे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

प्रकाशित : ५ कार्तिक २०७७, बुधबार १२:४२