सिटिजन्स बैंकसँग नेप्सेले माग्स्ष्ण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिटिजन्स बैंकसँग नेप्सेले माग्स्ष्ण



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिटिजन्स बैंकसँग स्पष्टिकरण मागेको छ । बैंकले मूल्य सम्वेदनशिल सूचना समयमै जानकारी नगराएपछि स्पष्टिकरण माग गरिएको नेप्सेले जनाएको छ । बैंकले लाभांश घोषणा सम्बन्धी सूचना सेयर कारोबार चलिरहेको समयमा बुझाएको, सञ्चालक समितिको बैठक बसेको समय उल्लेख नगरी पत्र पठाएको लगायत विषयमा सिटिजन्ससँग ३ कार्यदिन भित्र स्पष्टिकरण मागेको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) घ अनुसार धितोपत्र मूल्यमा असर पर्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नै त्यस्तो सूचना जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित : ५ कार्तिक २०७७, बुधबार १५:४३