२४ घण्टामा ५७० जना नयाँ संक्रमित थपिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

२४ घण्टामा ५७० जना नयाँ संक्रमित थपिए



काठमाडौं । विगत २४ घण्टामा ५७० जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ६० हजार ४ सय रहेको छ । संक्रमित मध्ये एक लाख १८ हजार ८४३ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ४० हजार ६८१ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३१६८ जना कोरोनामुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या ८७६ पुगेको छ । 

प्रकाशित : ११ कार्तिक २०७७, मंगलवार १७:०४