कुमारी बैंकले ल्यायाे फोनलोन,यस्तो छ सुविधा



काठमाडाै । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुको सुविधाका लागि फोनलोन नामक नयाँ कर्जा सुविधा प्रदान गरेको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा संचालनमा ल्याएको हो ।

कुमारी बैंक लि.मा विभिन्न तलब खाता संचालन गरिरहेको ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम रु. १ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोनलोन सुविधा सहजै प्राप्त गर्न सकिन्छ भने कर्जाको लागि कुनै पनि धितोको आवश्यकता रहने छैन भने कुनै निवेदन दिन र कानूनी कागजात गरीरहनु पर्ने छैन ।

ग्राहक महानुभावहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोनलोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ । आगामी दिनहरुमा कुमारी बैंक लि.ले आफ्ना सेवाहरुलाई अझ सहज र डिजिटल मैत्री बनाउँदै लगिने विश्वास दिलाउन चाहन्छ ।

आफ्ना देशव्यापी १८४ शाखा–संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंग इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पशुपतिनाथ मन्दिर परिसरमा डिजिटल दानपेटिका

बैंक अफ काठमाण्डू लिमिटेडले पशुपतिनाथ मन्दिर परिसरमा आज शुक्रबारबाट डिजिटल दानपेटिका सञ्चालनमा ल्याएको

गणपति लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले

सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा शेरचन नियूक्त

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको संचालकमा राजेन्द्र मान शेरचनलाई नियुक्त गरेको छ ।

एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरू समक्ष ल्याएको सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत