आईसीएफसी फाइनान्स र खल्तीबीच डिजिटल भुक्तानीका लागि सहकार्य



काठमाडाै । आईसीएफसी फाइनान्स लिमिटेडले ईन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयाेग गर्ने आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ। आईसीएफसी फाइनान्सका मानव संसाधन तथा सामान्य सेवा विभाग प्रमुख संजय थपलिया र खल्तीका निर्देशक अमित अग्रवालले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।

खल्तीसँगकाे सम्झाैतापछि आईसीएफसी फाइनान्सका ग्राहकहरूले फाइनान्सको खाता डाइरेक्न खल्तीसँग लिन्क सकिन्छ । खातामा रहेकाे रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयाेग गर्न सक्नेछन् ।

यस साझेदारीले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्‍याउने अपेक्षा आईसीएफसी फाइनान्सले गरेकाे छ । सम्झौता अनुसार आईसीएफसी फाइनान्सले खल्ती डिजिटल वालेटलाई भर्चुअल मेसिन अपरेटिंग प्रणाली प्रदान गर्नेछ । यसको माध्यमबाट ग्राहकहरूले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सक्नेछन्। आईसीएफसी फाइनान्सका ग्राहकले बैंक वाइन्डिंग,ई-बैंकिंग, मोबाइल बैंकिंग, बैंक स्मार्ट, बैंकिंग चेकआउट जस्ता विभिन्न माध्यमहरूमार्फत खल्तीमा रकम लोड गर्न सक्नेछन् ।

खल्ती सन् २०१७ जनवरीमा सुरू भएकाे खल्ती नेपालकाे उदाउँदाे मोबाइल भुक्तानी सेवा प्रदायक हाे । यसबाट विभिन्न उपयोगिता बिल भुक्तानी सेवाहरू, मोबाइल रिचार्ज, डीटीएच रिचार्ज, आन्तरिक हवाइ उडानकाे टिकट बुकिंग, चलचित्र टिकट बुकिंग, विभिन्न कार्यक्रमकाे टिकट बुकिँग, होटल बुकिंग, अखबारकाे ग्राहक शुल्क तिर्ने लगायतका विभिन्न डिजिटल भुक्तान सेवाहरूका सथै विभिन्न अनलाइन साइटहरूबाट किनमेल गरेकाे बिल तिर्न सकिन्छ ।

खल्ती नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी सेवा प्रदायक हाे । खल्तीकाे प्रयाेग गरेर नियमित रूपमा १० लाखभन्दा बढी व्यक्तिले विभिन्न बिल भुक्तानी गर्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस
मोबाइलबाटै एनआईसी एसिया बैंकमा मुद्दती खाता खोल्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब मोबाइल बैंकिङ्गमार्फत आफै मुद्दती खाता खोल्न

हिलटप जुनार बहुउद्देश्यीय सहकारीमा जागिर खुल्यो

काठमाडौँ । हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान

चन्द्रागिरी हिल्सको आइपिओ खुल्यो

काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित स्थानियहरूका लागि आज (मंसिर १७ गते