उद्योगी सूर्यबहादुर केसीको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

उद्योगी सूर्यबहादुर केसीको निधन



काठमाडौं । रारा चाउचाउका संस्थापक सूर्यबहादुर केसीको निधन भएको छ । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका केसी रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक समेत हुन् ।

युवावस्थामा तत्कालीन पोखरा नगर पंचायतको प्रधानपंच समेत रहेर काम गरेका केसी सफल उधोगी मानिन्छन । उनको लगानी हाईड्रोपावर , बैंकिंग, चाउचाउ एवं फुड्स , र मिडिया लगायतका क्षेत्रमा छ ।

केसी माछापुच्छे बैंकमा लामो समयसम्म अध्यक्ष रहेर बैंक सञ्चालन गरेका थिए । उनी नेपाली काँग्रेसका समानुपातिक तर्फका प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको सोमबार राति निधन भएको उनका परिवारले बताएको छ ।

तस्विर इकान्तिपुर डटकमबाट

प्रकाशित : १८ कार्तिक २०७७, मंगलवार १०:३५