१९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आईपीओ कात्तिक २६ गतेदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

१९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आईपीओ कात्तिक २६ गतेदेखि



काठमाडाैं । माउन्टेन इनर्जी नेपालले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको साधारण शेयर(आईपीओ) कात्तिक २६ गतेदेखि निष्काशन खुल्ला हुने भएको छ ।

प्रति साधारण शेयर रु. १०० अंकित दरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयरहरुको निष्काशन कात्तिक २६ गते खुल्ला भई छिटोमा मंसिर २ गते र ढिलोमा मंसिर १० गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सीबीआईएल क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले आफ्नो जारी पूँजीको १० प्रतिशत अर्थात १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबको रु. १०० अंकित दरका १९ लाख ६८ हजार २७ कित्ता शेयर मध्ये ३९ हजार ३ सय ६१ कित्ता (२ प्रतिशत) कर्मचारीहरुलाई सुरक्षित गरी र ९८ हजार ४ सय १ कित्ता(५ प्रतिशत) सामुहिक लगानी कोषको लागि बाँडफाँड गरी बाँकी १८ लाख ३० हजार २ सय ६५ कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । माउन्टेनले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित : १८ कार्तिक २०७७, मंगलवार ११:११