पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन



काठमाडाैं । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएकाे छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको ५९ वर्षकाे उमेरमा आज (बुधबार) बिहान ६:२५ बजे निधन भएको हाे ।

दशैंमा पुर्ख्यौली घर रोल्पाको मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कात्तिक १३ मा दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

निमोनिया र स्वाशप्रश्वासको समस्या देखिएपछि कात्तिक १४मा शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो । उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना समेत पोजेटिभ देखिएको थियो ।

त्यसैगरी, उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन् ।

प्रकाशित : १९ कार्तिक २०७७, बुधबार १०:५१