सातै प्रदेशमा खुल्यो सरकारी जागिर खाने अवसर



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले तीन महिना समयका कर्मचारी माग गरेको छ । सातै प्रदेशमा कोरोना सम्बन्धी कन्ट्रयाक्ट ट्रेसिंगलगायतको काम गर्नका लागि भन्दै मन्त्रालयले कर्मचारी दरखास्त आह्वान गरेको छ ।

बिरामी प्रोफाइल, प्रयोगशाला सम्बन्धी तथ्यांक व्यवस्थित गर्न स्वास्थ्य सेवा विभाग, महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयलगायतमा काम गर्न तीन महिना अवधिका लागि कर्मचारीहरू राख्न लागिएको हो।

दरखास्त फारम http://dohs.gov.np/ मा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ। १८ वर्ष पुगेका र ४० वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन्। आजदेखि सात दिनभित्र दरखास्तका लागि समय छ।

सिआइसिटी सहजकर्ता, अस्पताल विमारी सूचना संयोजक, प्रयोगशाला सूचना व्यवस्थापन सहजकर्ता, सूचना समायोजन तथा विश्लेषण सहजकर्तालगायत पदमा दरखास्त आह्वान गरेको हो।

प्रतिक्रिया दिनुहोस
मोबाइलबाटै एनआईसी एसिया बैंकमा मुद्दती खाता खोल्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब मोबाइल बैंकिङ्गमार्फत आफै मुद्दती खाता खोल्न

हिलटप जुनार बहुउद्देश्यीय सहकारीमा जागिर खुल्यो

काठमाडौँ । हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान

चन्द्रागिरी हिल्सको आइपिओ खुल्यो

काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित स्थानियहरूका लागि आज (मंसिर १७ गते

कोभिडले पारेको असर न्युनीकरण गर्न निजी क्षेत्रको सहकार्य आवश्यकः अर्थमन्त्री

काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोराना भाइरस(कोभिड १९)ले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्न  निजी