बागमती प्रदेश बचत संघको अध्यक्षमा सापकोटा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

बागमती प्रदेश बचत संघको अध्यक्षमा सापकोटा



काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको अध्यक्षमा उद्दव सापकोटा चयन भएका छन् । शनिबार बनेपामा सम्पन्न प्रारम्भिक साधारणसभाले सापकोटालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

उनि तदर्थ समितिका अध्यक्ष थिए । साधारणसभामा सचिव पदका लागि मात्र निर्वाचन भएको थियो । नवनिर्वाचित सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महिला उपाध्यक्षमा राधा सिंतान, महासचिवमा जिवसराज खड्का, सचिवमा गोविन्द काफ्ने, कोषाध्यक्षमा टापबहादुर श्रेष्ठ रहेका छन् ।

सचिवमा गोविन्द काफ्ले र कमलराज अधिकारी बीच प्रतिस्पर्धा भएकोे थियो । अधिकारीले १२ मत र काफ्लेले ६३ मत प्राप्त गरेका थिए । समितिको सदस्यहरूमा ईन्द्र घिमिरे, प्रकाश बञ्जारा, तेजबहादुर खड्का, राधा कडरिया, प्रदिप थापा, ठाकुरप्रसाद बास्कोटा, कृष्णहरि कोईराला, चक्रबहादुर बस्नेत, जगन्नाथ दाहाल, ओमप्रसाद आचार्य चयन भएका छन् । त्यस्तै लेखा समितिको संयोजकमा केशवप्रसाद दंगाल र सदस्यहरुमा रमिला श्रेष्ठ र रमेश श्रेष्ठ चयन भएका छन् ।

प्रकाशित : २३ कार्तिक २०७७, आईतवार ११:५२