नेपाल लाइफ इन्स्योरेन्स कार्यालय कोटेश्वरद्वारा घातक रोग वापत ५ लाख दावी भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल लाइफ इन्स्योरेन्स कार्यालय कोटेश्वरद्वारा घातक रोग वापत ५ लाख दावी भुक्तानी



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कोटेश्वर कार्यालयबाट बिमित तारामान राईलाई यही कार्तिक २१ गते घातकको रोगको दावी भुक्तानी गरिएको छ ।

कम्पनीका कोटेश्वर कार्यालय प्रमुख ज्ञानेन्द्र मान तुलाधरले बिमित राईलाई घाटक रोग बीमा गरे वापतको बीमा रकम ५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बिमित राईले ५० बर्षको उमेर घातक रोग ५ लाख रुपैयाँको बीमा गरे वापत वार्षिक किस्ता ६ हजार १४० रुपैयाँ पर्ने गरी बीमा गराएका थिए । वार्षिक २ किस्ता तिरीसकेका बिमित राइलाई एक्कासी घाँटिमा को क्यान्सर प्रमाणित भएको थियो ।

कम्पनीमा क्यान्सर रिर्पोट पूर्ण रुपमा प्रमाणित भए उपचार गराउनको लागि घातक रोग बीमा गरे वापतको सो रकम हस्तान्तरण गरिएको प्रमुख ज्ञानेन्द्र मान तुलाधरले जानकारी दिए ।

सो अवसरमा उनले जनचेतनाको लागि आज बीमा गरी आफु र परिवारलाई ढुक्क हुन विश्वास दिलाउन समेत आग्रह गरे । रकम हस्तान्तरण कार्यक्रममा अभिकर्ता मनिकुमार कुलुङ र कम्पनीमा कार्यरत कर्मचारी शर्मिला कर्णलगायतको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित : २३ कार्तिक २०७७, आईतवार १२:५८