कुमारी बैंकको नाफा ५० प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

कुमारी बैंकको नाफा ५० प्रतिशतले बढ्यो



काठमाडाै । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले पहिलो त्रैमाससम्म ६० करोड २५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आवको भन्दा ४९.८९ प्रतिशतले बढी नाफा कमाएको छ । बैंकले गत वर्ष सोही अवधिमा यसै अवधिमा ४० करोड १९ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य नाफा २५ करोड ९१ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९ करोड ७१ लाख ४७ हजार रुपैयाँ बढेर १ अर्ब ३१ करोड ५६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै सञ्चालन नाफा २९ करोड ४२ लाख रुपैयाँम् बढेर ८६ करोड ५ लाख रुपैयाँ पुगेको छ।

बैंकले असोज मसान्तसम्ममा १ खर्ब १७ अर्ब २ करोड ६० रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ३२ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब १६ अर्ब ५४ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ७१ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.०५ प्रतिशतबाट बढेर १.४३ प्रतिशत पुगेको छ।

समीक्षा अवधिका लागि बैंकको प्रतिशेयर आम्दानी १९.२५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.५८ गुणा, प्रतिसेयर नेटवर्थ १४२.०५ रुपैयाँ र तरलता अनुपात २१.११ प्रतिशत रहेको छ ।

प्रकाशित : २४ कार्तिक २०७७, सोमबार १२:०१