सूर्या लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सूर्या लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा



सूर्या लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड ५१ लाख रहेको छ ।

प्रकाशित : २६ कार्तिक २०७७, बुधबार १२:४८