शेयर बजार दाेहाेराे अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

शेयर बजार दाेहाेराे अंकले बढ्यो



काठमाडाै । बिहीबार शेयर बजार दाेहाेराे अंकले बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १०.८२ अंकले बढेर एक हजार ७१८.४९ मा पुगेकाे छ । नेप्से ०.६३ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.२७ अंकले बढेर ३३८.८९ मा पुगेको छ ।

कूल १९८ वटा कम्पनीकाे एक कराेड २३ लाख ३५ हजार ५ सय ५६ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब २५ करोड ६४ लाख ७५ हजार ८ सय ९१ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये बिहीबार ५ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

प्रकाशित : २७ कार्तिक २०७७, बिहीबार १५:३३