तिहारमा प्रयोग गरिने भाइमसलाको आश्चार्यजनक फाइदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विविध

तिहारमा प्रयोग गरिने भाइमसलाको आश्चार्यजनक फाइदा



काठमाडौं । भाइटीकामा दाजुभाइलाई उपहारका रुपमा काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखनलगायतका परिकारलाई भाइमसला भनिन्छ ।

तिहारमा विशेषगरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि यस्तो किसिमका खाध्य मसाला दिने चलन छ जो स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ । यस्ता मसलाले शारीरिक विकासका साथै रोगसित लड्नसक्ने क्षमता समेत वृद्धि गर्ने साथै कोलेस्ट्रोल समेत नियन्त्रण गर्ने गर्दछ ।

ओखर
वढी मात्रामा प्रयोग गरिने मसाला भित्र ओखर पर्दछ । जसमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ जसले कपाल तथा छालासम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै बढ्दो उमेरमा हुने चाउरीपनाबाट छुटकारा पाउन मद्धत मिल्दछ । यसमा पाइने फाइबरले पाचनक्रियालाई बलियो बनाउँछ । साथै यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।

किसमिस

मसालमा किसमिस दिने प्रचलन छ । अंगुरलाई सुकाएर बनाइने किसमिस मानव स्वास्थ्यको लागि धेरै नै फाइदाजनक मानिन्छ । किसमिसलाई आइरनको राम्रो स्रोत मानिन्छ । यो रक्तअल्पता एवं कब्जियत हटाउन सहयोगी हुन्छ । किसमिसमा रहेको आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम तथा अधिक मात्रामा फाबर हुने गर्दछ । किसमिसमा पाइने यी तत्वले मुटुरोगीका लागि निकै उपयोयी मानिन्छ । त्यस्तै कोलस्टोर घटाउन छालामा चमक ल्याउन पनि निकै राम्रो मानिन्छ । त्यसमा पनि कुनै पनि रोगको उपचार पछि रिकभरी पिरियडमा किसमिसको सेवन लाभदायी हुन्छ ।

काजु

काजु पनि मसलाको मूख्य मिठाई अन्तरगर्त पर्दछ । यसले मुटुलाई स्वस्थ र बलियो राख्छ । काजुको सेवनले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ जसले गर्दा डायबेटिज नियन्त्रित अवस्थामा रहन्छ । काजुमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदिले हड्डी, दाँत आदिलाइ बलियो बनाउन मद्धत गर्दछ ।

बदाम
भाई मसलामा बदाम पनि पर्दछ जसले रक्तकोष तथा हेमोग्लोबिनको विकासमा सहयोग पुर्याउँछ । साथै मधुमेह र मुटुको रोगको उपचारमा समेत मद्धत गर्छ । बदामको यस्तो पोषक तत्व पाइन्छ, जसले स्मरण शक्ति बढाउन र मष्तिष्कको विकासको लागि फाइदाजनक हुन्छ ।

पेस्ता
यो पनि भाइ मसलाको प्रमुख मसला भित्र पर्दछ । यसले शरीरलाई लागि निकै फाइदाजनक हुन्छ । पेस्तामा भिटामिन ई पाइन्छ । यसले छालालाई युभी ड्यामेजबाट सुरक्षा प्रदान गर्नुका साथै छालाको क्यान्सर तथा उमेरअघि नै देखिने चाउरीपनमा राहत दिन्छ ।

नरिवल
भाइमसलामा दिदी बहीनीले नरिबलको पनि प्रयोग गर्ने गर्दछन् । यसले ढिलो गरी पाचन हुने, मूत्राशय शोधक, ग्राही, पुष्टिकारक, बलवर्धक, रक्तविकार नाशक, दाह शामक र वातपित्त नाशकको रुपमा नरिबललाई लिइन्छ ।

त्यस्तै नरिवलमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ सँगै प्रोटिन, क्याल्सियम र फलाम पाइन्छ । यसका साथै भाइ मसलामा विभिन्न थरीका मिठाईहरु, सुपारी, हाडे लगायत अन्य मिठाइहरु पनि समावेश गर्ने गरिन्छ ।

प्रकाशित : ३० कार्तिक २०७७, आईतवार २०:०९