बाइडनले धाँधली गरेरै चुनाव जिते : डोनाल्ड ट्रम्प « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

बाइडनले धाँधली गरेरै चुनाव जिते : डोनाल्ड ट्रम्प



एजेन्सी । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार एवं बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो पटक डेमोक्रेटिक उम्मेदवार जो बाइडन चुनावमा विजयी भएको स्वीकारेका छन् ।

तर ट्रम्पले खुला हृदयले बाइडनको जीत भएको तथ्यलाई स्वीकारेनन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्रम्पले लेखेका छन्, ‘उसले जित्यो किनभने चुनाव धाँधलीयुक्त थियो ।’

मतगणना परिणाममा बाइडन फराकिलो अन्तरले जितिसक्दा पनि आफैले चुनाव जितको जिकीर गरिरहेका ट्रम्पले धाँधलीबाटै भए पनि चुनाव जितेको स्वीकारेका हुन ।

चुनावमा धाँधली गरेर परिणाम चोरेको आरोप लगाइरहनुभएका ट्रम्पले कुनै प्रमाण भने पेश गर्न सकेका छैनन् । चुनाव हारेको सार्वजनिक रुपमा स्वीकार गरिनसकेका उनको निर्वाचन अभियानले विभिन्न राज्यमा मुद्दा पनि दर्ता गरेका छन् ।

प्रकाशित : ३० कार्तिक २०७७, आईतवार २१:३०