अन्तर्राष्ट्रिय आपराधिक क्रियाकलाप रोक्न अब विमानस्थल तालिमप्राप्त सुरक्षा युनिट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

अन्तर्राष्ट्रिय आपराधिक क्रियाकलाप रोक्न अब विमानस्थल तालिमप्राप्त सुरक्षा युनिट



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षागार्ड भवनको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिटको आवश्यकता रहेको बताए ।

अन्तर्राष्ट्रिय आपराधिक क्रियाकलाप र त्यस्ता संगठनहरुसँग नजिक भएका व्यक्तिहरुसमेत विमानस्थलबाट आवत–जावत गर्ने सम्भावना भएकाले त्यसको नियन्त्रणका लागि छुट्टै विशिष्टिकृत तालिमप्राप्त सुरक्षा युनिटको आवश्यकता पर्ने उनको भनाइ थियो ।

त्यसका लागि आफूले सुरक्षा अंगहरु र सम्बन्धित मन्त्रालयसँग ‘विमानस्थल सुरक्षा प्रहरी’ नाम दिइएको छुट्टै सुरक्षा युनिट गठन गर्ने सम्बन्धमा छलफल अगाडि बढाएको मन्त्री भट्टराईले जानकारी दिए ।

कतिपय विमानस्थलहरु उत्तर र दक्षिणतर्फको सिमानानजिक रहेको र बढी संवेदनशील भएकाले पनि बेग्लै सुरक्षा युनिटको आवश्यक रहेको उनको भनाइ थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३५० सुरक्षाकर्मी क्षमताको विमानस्थल सुरक्षा ब्यारेक निर्माण गरिएको छ ।

प्रकाशित : २ मंसिर २०७७, मंगलवार १८:०२