ओप्पोले ल्यायो विश्वकै अनौठो फोन : बेर्नमिल्ने डिस्प्ले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

ओप्पोले ल्यायो विश्वकै अनौठो फोन : बेर्नमिल्ने डिस्प्ले



काठमाडौं । स्मार्टफोन कम्पनीहरुले दिनहुँ नयाँ नयाँ उत्पादनलाई प्राथमिकता दिइरहेका छन् ।

यसै सिलसिलामा चर्चित ब्राण्ड ओप्पोले रोलेबल अर्थात बेर्नमिल्ने डिस्प्ले भएको कन्सेप्ट फोन ओप्पो एक्स २०२१ ल्याएको छ ।

यो रोलेबल डिस्प्ले भएको विश्वकै पहिलो फोन हो र एउटा टचबाट नै यसको डिस्प्लेको आकार बदल्न सकिन्छ ।

चिनियाँ प्रविधि कम्पनी इन्नो डे २०२० कार्यक्रमको दौरान ओप्पो एक्स २०२१ सार्वजनिक भएको हो ।

यसमा युनिक एक्सटेन्ड गर्न सकिने स्क्रिन दिइएको छ । किनकी फोनको डिस्प्लेलाई सानो वा ठूलो पार्न सकिन्छ ।

कम्पनीको रोलेबल कन्सेप्ट प्रविधियुक्त यो डिभाइसको डिस्प्लेको आकार ६.७ इन्चबाट बढाएर ७.४ इञ्चसम्म पुर्‍याउन सकिन्छ ।

डिस्प्ले बीच भागबाट नमोडिने भएकाले कम्पनीले यो फोन टिकाउ समेत हुने बताएको छ ।

कम्पनीले एक विशेष टु ईन वान डिजाइन गरेको छ, जसले डिस्प्लेलाई सानो वा ठूलो पार्न मद्धत गर्दछ ।

यता एप्पलको पहिलो फोल्डिङ्ग आईफोन परीक्षण गरिरहेको छ । सन् २०२२ मा आफ्नो पहिलो फोल्डिङ्ग आइफोन सार्वजनिक गर्नसक्ने अनुमान गरिएको छ।

प्रकाशित : ३ मंसिर २०७७, बुधबार २१:१३