एनआरएन लघुवित्तले १ करोड ८५ लाख नाफा कमायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

एनआरएन लघुवित्तले १ करोड ८५ लाख नाफा कमायो



काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण सार्वजानिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले रू. १ करोड ८५ लाख नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनी रू. १३ लाख ९३ हजार घाटामा थियो ।

चालू आवको पहिलो त्रैमासमा रू.१ करोड ७८ लाखभन्दा बढी खराब कर्जा उठाउनुका साथै खुद ब्याज आम्दानी पनि वृद्धि भएकाले कम्पनीको नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी ३९ करोड २८ लाख रहेको छ ।

कम्पनीले जगेडा कोषमा ८ करोड ९७ लाख सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमाससम्म कम्पनीले ३ अर्ब ६३ करोड ८२ लाख सापटि लिएको छ भने ९६ करोड ७५ लाख निक्षेप संकलन गरेर ४ अर्ब ५१ करोड ७ लाख ५३ हजार कर्जा लगानी गरेको छ ।

कम्पनीको खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा ४ दशमलव २१ गुणा वृद्धि भएको छ ।

प्रकाशित : ५ मंसिर २०७७, शुक्रबार २०:५६