अबको ४ महिनामा १ लाख ४८ हजार जनामा कोरोना संक्रमण हुनसक्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

अबको ४ महिनामा १ लाख ४८ हजार जनामा कोरोना संक्रमण हुनसक्ने



काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले अबको ४ महिनामा १ लाख ४८ हजार जनामा कोरोना भाइरस संक्रमण हुन सक्ने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री ढकालले अबको ४ महिनामा कोरोना संक्रमितको संख्यामा बृद्धि हुनसक्ने सरकारको आँकलन रहेको बताएका हुन् ।

पछिल्लो समयमा सरकारले कोरोना परीक्षण ह्वात्तै घटाएको छ । दैनिक कोरोना संक्रमितको संख्यामा कमी देखिएपनि समुदायमा भने कोरोना संक्रमितको संख्या धेरै हुन सक्ने अनुमान गरिएको छ ।

सरकारले कोरोना संक्रमण पुष्टि हुनेहरुले आफै उपचार गर्नुपर्ने नियम बनाएपछि सर्वसाधारणहरु कोरोना परीक्षण समेत गर्न डराउन थालेका थिए ।

यद्यपी सर्वोच्चको आदेशपछि सरकारले पुनस् संक्रमितको उपचार आफै गर्ने घोषणा गरेको छ । पछिल्लो समयमा कोरोना संक्रमण देखिएपनि अस्पताल नगई होम आईसोलेसनमा बस्ने संख्या अत्याधिक देखिएको छ ।

प्रकाशित : ६ मंसिर २०७७, शनिबार १९:१६