बैंकहरुको नाफा घट्योः ग्लोवल आईएमईले मात्र कमायो १ अर्ब ५ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

बैंकहरुको नाफा घट्योः ग्लोवल आईएमईले मात्र कमायो १ अर्ब ५ करोड



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको असर बैंकहरुको नाफामा पनि परेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सञ्चालमा रहेका २७ वाणिज्य बैंकमध्ये १८ वटाको नाफा घटेको हो । बाँकी ९ वटा बैंकको नाफा मात्रै बढेको छ ।

कोरोनाका कारण बैंकहरुको व्यवसाय विस्तारमा असर पर्नुका साथै कर्जा नउठ्दा त्यसको प्रत्यक्ष असर नाफामा परेको छ ।

कोरोनाका कारण बैंकहरुले अहिले लगानी गर्न पनि पाएका छैनन् भने लगानी भएको ठाँउबाट ब्याज आउने क्रम पनि केही मात्रामा रोकिएको छ ।

आर्थिक वर्ष २०७७र७८ को पहिलो ३ महिना अर्थात् साउन, भदौ र असोजमा २७ वटा वाणिज्य बैंकले १४ अर्ब ६० करोड ३९ लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । जुन गत आवको पहिलो त्रैमासको तुलनामा ४.२८ प्रतिशतले कमी हो ।

गत आवको पहिलो त्रैमासमा बैंकहरुको नाफा १५ अर्ब २५ करोड ७९ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा नेपाल बंगलादेश, एनआईसी एसिया, मेगा एनएमबी, प्रभु, ग्लोबल आईएमई, कुमारी, प्राइम र सिटिजन्स बैंकको नाफा बढेको छ भने बाँकी बैंकको नाफा घटेको छ ।

यो अवधिमा १ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउने बैंकमा ४ वटा बैंक मात्रै छन् । जसमा एनआईसी एसिया, नबिल, ग्लोवल आईएमई, प्राइम कमर्शियल बैंक छन् ।

नाफा बढी कमाउने बैंकमा ग्लोवल आईएमई बैंक छन् । बैंकले १ अर्ब ५ करोड ८८ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ ।

जनता बैंकलाई मर्ज गरेको ग्लोबल आइएमइले मर्जरको फाइदा उठाउँदै पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउन सफल भएको हो ।

प्रकाशित : ६ मंसिर २०७७, शनिबार १९:५०