मल्टीपर्पस फाइनान्सको साधारण सभा मंसिर १९ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मल्टीपर्पस फाइनान्सको साधारण सभा मंसिर १९ गते



काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको २२ औं वार्षिक साधारण सभा मंसिर १९ गते बोलाएको छ । कम्पनीले केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा विहान ११ बजे सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित आर्थिक वर्ष २०७६/७७ को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण लगाएतका विषय पारित गर्नेछ ।

यो साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ११ गतेदेखि बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १० गतेसम्म कायम रहेका शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । कात्तिक १९ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रकाशित : ९ मंसिर २०७७, मंगलवार १२:३२