बर्दिबासमा निषेधाज्ञा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

बर्दिबासमा निषेधाज्ञा



महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा निषेधाज्ञा जारी गरेको छ । ६ वर्षीया बालिकाको हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि बर्दिबासमा निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गरेको हो । पूर्वमा रातुखोला, पश्चिममा बर्दिबास माइस्थान, उत्तरमा बर्दिबास ३ पाटु र दक्षिणमा रामानन्द चोक चार किल्ला कायम गरेर निषेधाज्ञा जारी गरिएको छ ।

प्रकाशित : १० मंसिर २०७७, बुधबार ११:००