३१ करोडको आइपिओ आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

३१ करोडको आइपिओ आउँदै



काठमाडाै । पिपुल्स पावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएकाे छ ।

कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को निष्कासन तथा बिक्रीका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झाैता पत्रमा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली र पिपुल्स पावर कम्पनी लिमिटेडको तर्फबाट सञ्चालक सन्तोष राज नेपालले हस्ताक्षर गरेका हुन् ।

पिपुल्स पावर लिमिटेडले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ ।

प्रकाशित : ११ मंसिर २०७७, बिहीबार १३:५७