नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा सुरु



काठमाडाै । नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा सुरु भएको छ । महासंघको ५४ औं वार्षिक साधारसभा आज बिहिबारदेखि काठमाडौंमा सुरु भएको हो।

गएको चैतमै हुनुपर्ने साधारण सभा कोरोना भाइरसका कारण हुन सकिरहेको थिए । साधारणसभा बिहीबारबाट सुरु भइ ३ दिनसम्म चल्ने महासंघले जनाएको छ।

यसपटक महासंघको नयाँ नेतृत्व चयन गर्नु पर्नेछ । जसका लागि निर्वाचन समितिले प्रज्ञा भवन कमलादी, कार्की ब्यांकेट र उद्योग वाणिज्य महासंघको कार्यालय टेकु गरी तीन स्थानमा मतदान गर्ने गरी व्यवस्था मिलाएको छ ।

जसअनुसार मा मतदान हुनेछ। जिल्ला–नगर, एसोसिएट र वस्तुगततर्फका प्रतिनिधिले छुट्टाछुट्टै स्थानमा मतदान गर्ने भएका हुन्। मंसिर १२ गते भर्चुअल रूपमा नै बन्दसत्र संचालन हुने र १३ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकाल उम्मेदवार छन्। दुवै उम्मेदवार आ–आफ्ना प्यानल लिएर चुनावमा होमिएका छन्।

प्रकाशित : ११ मंसिर २०७७, बिहीबार १४:४१