माछापुच्छ्रे बैंक लिमिटेडले २२औंं वार्षिक साधारण सभा पाैष २ गते , कति देला लाभांश ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंक लिमिटेडले २२औंं वार्षिक साधारण सभा पाैष २ गते , कति देला लाभांश ?



काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले २२औंं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

बैंककाे मंसिर १२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २२औंं वार्षिक साधारण सभा पाैष २ गते, बिहीबारहाेटल पाेखरा ग्राण्ड, पार्दि, पाेखरामा बिहान ११ बजेबाट सुरू हुनेछ ।

यसैगरी, सभामा बैंककाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ७.०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर र ३.७३ प्रतिशत अर्थात २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि असाेज २२ गते बुकक्लाेज गरेकाे थियाे । त्यसैले, असाेज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : १४ मंसिर २०७७, आईतवार १४:१६