नेप्से सूचक र काराेबार रकम दुवै नयाँ रेकर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्से सूचक र काराेबार रकम दुवै नयाँ रेकर्ड



काठमाडाै । आइतबार नयाँ रेकर्ड बनाएकाे छ । आइतबार पनि नेप्से सूचक र काराेबार रकम दुवैले नयाँ रेकर्ड बनाएका हुन् । शेयर बजारले यसअघिको उच्चतम विन्दु १८८१ लाई क्रस गरेपछि लगानीकर्ताहरूमा झनै उत्साह थपिएकाे छ । नेप्से दिनहुँ नयाँ इतिहास बनाउन लम्किरहेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ७५.०२ अंकले बढेर एक हजार ९६८.२७ मा पुगेकाे छ । नेप्से ३.९६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १८.७६ अंकले बढेर ३८३.९३ मा पुगेको छ ।

कूल २०० वटा कम्पनीकाे २ कराेड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३ सय ४८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

प्रकाशित : १४ मंसिर २०७७, आईतवार १५:२०