बैंक अफ काठमाण्डूको साधारण सभा आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

बैंक अफ काठमाण्डूको साधारण सभा आज



काठमाडौं । बैंक अफ काठमाण्डूको २६ औं वार्षिक साधारण सभा आज (सोमवार) हुने भएको छ । बैंकको प्रधान कार्यालय, कमलपोखरी, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

सभा र लाभांश प्रयोजनका लागि बैकले कात्तिक २८ गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

प्रकाशित : १५ मंसिर २०७७, सोमबार ०९:३९