हिमालयन बैंकले गर्यो २० प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हिमालयन बैंकले गर्यो २० प्रतिशत लाभांश घोषणा



काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन बैंक लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।

बैंककाे हिजाे (मंसिर १४ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित : १५ मंसिर २०७७, सोमबार ११:०३