वल्डलिंक कम्युनिकेसन्सलाई अन्तर्राष्ट्रिय पुरस्कार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

वल्डलिंक कम्युनिकेसन्सलाई अन्तर्राष्ट्रिय पुरस्कार



काठमाडौं । वल्डलिंक कम्युनिकेसन्स लिमिटेडले अन्तर्राष्ट्रिय पुरस्कार पाउन सफल भएको छ । वल्डलिंकलाई गत १९ नोभेम्बरमा वल्ड इन्फरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) ले मलेसियाको पेनाङ्गमा आयोजित २०२० टेकफेष्ट लाईभ रोड–टु–विट्सा मलेसिया हाईब्रिड कार्यक्रममा नेपालका विभिन्न भागहरु लगायत कर्णाली प्रदेश जस्तो विकट क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पुर्याइए बापत ‘डिजिटल अपर्चुनिटी इन्क्लुजन मेरिट पुरस्कार’ जित्न सफल भएको छ ।हालसम्म यो पुरस्कार पाउने वल्डलिंक नेपालको पहिलो कम्पनी हो ।


पुरस्कार पाएसँगै वल्डलिंक कम्युनिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले भने, ‘डिजिटल नेपाल निर्माण गर्ने हाम्रो प्रयासलाई यो एउटा ठूलो सम्मान हो । हामी हाम्रो इन्टरनेट सेवाहरुको साथ देशको कुना कुनामा पुग्न निरन्तर काम गर्दैछौं र सबैको जीवनलाई समृद्ध बनाउनका लागि डिजिटल प्लेटफर्म लाई सक्षम बनाउदैछौं ।’


के हो विट्सा ?


सन १९७८ मा स्थापित वल्ड इन्फरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) आईसीटी उद्योग संघ सदस्यहरुको एक अग्रणी संस्था हो । जसमा विश्वभरिका ८० भन्दा बढी देशका संस्थाहरू आवद्ध भएका छन् । विट्साका सदस्यहरू विश्व आईसीटी बजारको ९० प्रतिशत भन्दा बढी प्रतिनिधित्व गर्दछ ।

विश्वव्यापी आईसीटी उद्योगको अग्रणी संघको रूपमा मान्यता प्राप्त भएकोले विट्सा आईसीटीको रूपान्तरणका लागि र उद्योग वृद्धि गर्ने उद्देश्यका साथ आईसीटीको विश्वव्यापी अर्थ व्यवस्थाको प्रमुख संवाहकको रुपमा काम गर्दै आइरहेको छ ।

उत्कृष्ट आईसीटी प्रयोगकर्ताहरूलाई पहिचान गर्नका लागि ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कारका आयोजना गर्दै आइरहेको छ ।

विट्साको यो सबैभन्दा लोकप्रिय कार्यक्रम हो । २० वर्ष अगाडि ताइपेमा आयोजित आईटी २००० विश्व कांग्रेसमा विट्साले ग्लोबल आईसीटी उद्योगको अग्रणी मान्यता प्राप्त अन्तर्राष्ट्रिय आवाजको रूपमा (अष्ट्रेलिया र न्यूजिल्याण्डदेखि बंगलादेशसम्म र मलेसियादेखि दक्षिण अफ्रिका र नाइजेरियादेखि अर्जेन्टिना र क्यानडासम्म दुनियाँका ८० भन्दा बढी देशहरुका आईसीटी उद्योगलाई संसारका सबै कुनाबाट सबैभन्दा प्रभावकारी र नवीन उम्मेदवारहरू चयन गर्न ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कारलाई अनौठो बनाउँछ ।

यहाँ रहेका उद्योगहरुको प्रभाव र नवीनताको आधारमा विज्ञहरुले उत्कृष्ट उद्योगहरुलाई उम्मेदवारको रुपमा छनौट गर्ने गर्दछ । यसक्रममा वल्ड लिंक पनि छनौट भएको हो ।

“यस बर्ष ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कार छनौटका लागि सहभागि आवेदनहरू धेरै उल्लेखनीय संख्यमा सुयोग्य, अद्वितीय, असाधारण किसिमका थिए । २० बर्षदेखि आयोजना गर्दै आईरहेको पुरस्कार आयोजनामा यस बर्षका जति धेरै सहभागिहरूलाई समीक्षा एवम सम्मान गर्ने मौका हामीले पहिले कहिल्यै पाएका थिएनौँ ।“ विट्साका अध्यक्ष श्री यभोन्ने चियुले भने ।

प्रकाशित : १५ मंसिर २०७७, सोमबार ११:५७