प्रोटोनको सोरुम अब काठमाडौंमा



काठमाडौं । नेपाली बजारमा मलेसियाको प्रतिष्ठित कम्पनी प्रोटोनका गाडी औपचारिक रुपमा भित्रिने तयारीमा रहेका छन् । यसका लागि काठमाडौंको नक्साल, गैरीधारामा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सोरुम सञ्चालनको अवस्थामा छ ।


शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रोटोनका गाडीको आधिकारिक वितरक नियुक्त भएको छ । जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्ध गराउने छ र छिट्टै नै सोरुम शुभारम्भ हुने छ ।

प्रोटोनको सोरुम आकर्षक स्पेस सहितको छ भने प्रोटोनको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको छ । यसले नेपाली ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्नुका साथै एक आकर्षक गन्तव्यको रुपमा समेत आफ्नो पहिचान कायम गर्ने विश्वास गरिएको छ ।


नेपाली बजारमा प्रोटोनको पहिलो उपहारको रुपमा प्रोटोन सागा सेडान उपलब्ध हुनेछ । त्यसपछि अन्य मोडलका सवारी साधन समेत विस्तारै उपलब्ध हुँदै जाने छन् ।


प्रोटोन मलेसियाको पहिलो र प्रतिष्ठित अटोमोबाइल कम्पनी हो । मलेसियाका लोकप्रिय प्रधानमन्त्री डा. महाथिर मोहम्मदको बेबी प्रोजेक्टको रुपमा यो कम्पनी विकसित भएको थियो । हाल प्रोटोनका सवारी साधन विश्वका विभिन्न भागमा रुचाइने लोकप्रिय सवारी साधनमा पर्छन् ।

नेपाली ग्राहकलाई पनि प्रोटोनका उत्कृष्ट सवारी साधन आकर्षक सोरुममार्फत उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय वाणिज्य बैंकको ५६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६ औं वार्षिकोत्सबको अवसरमा बैंकको केन्द्रीय कार्यालय

सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब करदाता सेवा कार्यालय, खैरहनी, चितवनमा

काठमाडाै । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले

ज्योति विकास बैंकमा अध्यक्ष खडकाको बदमासी, राष्ट्र बैंकको मौनता

काठमाडौं। ज्योति विकास बैंकका अध्यक्ष र एक सन्चालकको नाममा दर्ता भएको एक इन्जिनिएरिङ

एक करोड ११ लाख १२ हजार ८९० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । बैंक अफ काठमाण्डूको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको